सेयरधनीलाई १४० प्रतिशतसम्म प्रतिफल बाँडेको नबिल बैंकको २१ वर्षे लाभांश इतिहास, कुन वर्ष कति दियो ?
काठमाडौं । नबिल बैंकले इतिहासकै न्युन लाभांश घोषणा गरेको छ ।
बुधवार बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो बैंकको २१ वर्षको लाभांश इतिहासकै कम हो ।
यसअघि अर्थात् अघिल्लो आव २०७९–८० को मुनाफाबाट गत वर्ष पनि बैंकले ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो । ती दुई आव बाहेकका वर्षहरुमा भने बैंकले ३० प्रतिशत भन्दा कम लाभांश वितरण गरेको छैन् । सेयरधनीलाई सँधै उच्च लाभांश दिने बैंक पछिल्ला दुई वर्षमा भने १०–११ प्रतिशतमै समित भएको छ ।
अघिल्लो वर्ष (२०७८–७९) मा भने बैंकले ११.५ प्रतिशत नगद लाभांश र १८.५ प्रतिशत बोनस सेयर गरि कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो । यो वर्षसहितको लाभांश इतिहासमा बैंकले औसत ५५.१ प्रतिशत लाभांश वितरण गरेको छ ।
आव २०६०–६१ मा बैंकले ६५ प्रतिशत, २०६१–६२ मा ७० प्रतिशत र आव २०६२–६३ मा ८६५ प्रतिशत नगद लाभांश मात्रै वितरवण गरेको थियो ।
यस्तै, आव २०६३–६४ मा बैंकले १०० प्रतिशत नगद र ४० प्रतिशत बोनस सेयर गरि कुल १४० प्रतिशत लाभांश बाँडेको थियो । यता, २०६४–६५ मा पनि ६० प्रतिशत नगद र ४० प्रतिशत बोनस गरि १०० प्रतिशत लाभांश दिएको थियो ।
कुन वर्ष कति दियो ?