नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो वर्ष लाभांश नदिने « Arthapath.com
२६ पुष २०८१, शुक्रबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो वर्ष लाभांश नदिने



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयरधनीको हात रित्तो बनाएको छ । बैंकले यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

बैंकको पुस २६ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

तर, गत आर्थिक वर्षको वित्तीय विवरणले भने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्