बिना लाभांश कुमारी बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । कुमारी बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आउँदो माघ २१ गते २४औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणल गायतमा छलफल गरि पारित हुनेछ ।
यस्तै चालु आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण पनि सोही सभाले गर्नेछ ।
यो वर्ष बैंकले सेयरधनीको हात रित्तो बनाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको हो ।
साधारण सभा प्रयोजनका लागि बैंकले भने माघ ११ गते बुक क्लोज गर्ने भएको छ ।
