कृषि विकास र नेपाल ईन्भेष्टमेण्ट मेगा बैंकले जित्यो एडिबिएल कर्पोरेट फुटसल २०८१ को उपाधि « Arthapath.com
६ माघ २०८१, आईतवार

कृषि विकास र नेपाल ईन्भेष्टमेण्ट मेगा बैंकले जित्यो एडिबिएल कर्पोरेट फुटसल २०८१ को उपाधि



काठमाडौं । एडिबिएल कर्पोरेट फुटसल २०८१ को उपाधि कृषि विकास बैंक र नेपाल ईन्भेष्टमेण्ट मेगा बैंकले जितेका छन ।

कृषि विकास बैंकले आफ्नो ५८ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न कर्पोरेट हाउसहरुका विचमा आत्मियता र सम्बन्ध विस्तार प्रयोजनार्थ उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।

उक्त एडिबिएल कर्पोरेट फुटसल २०८१ मा महिला तर्फ कुल १० टिमको सहभागिता रहेको थियो ।

कृषि विकास बैंकको टिमले फाईनलमा ग्लोवल आईएमई बैंकको महिला टिमलाई नियमित समयको खेल ०–० मा सकिएपछि सडन डेथमा २–१ गोल अन्तरले पराजित गरि उपाधि जित्न सफल भएको थियो । यो सँगै ग्लोवल आईएमई बैंकको महिला टिम दोस्रो स्थानमा सिमित हुन पुगेकोे थियो । यसै गरी कर्मचारी संचय कोषको टिमलाई पराजित गरी ओल्डलिंक कम्युनिकेसनको महिला टिम तेस्रो हुन सफल भएको थियो ।

त्यसैगरी पुरुषतर्फको खेलमा एनआईएमबि बैंकको टिमले फाईनलमा ग्लोबल आईएमई बैंकको टिमलाई ३–० गोल अन्तरले पराजित गरि उपाधि जित्न सफल भएको थियो । हारसँगै ग्लोबल आईएमई बैैकको टिम उपविजेतामा सिमित भएको थियो ।

सिद्धार्थ बैंकको टिमलाई ३–१ गोल अन्तरले पराजित गरी आयोजक कृषि विकास बैंकको टिम तेस्रो हुन सफल भएको थियो । फेयर प्ले टिमको अवार्ड भने कर्मचारी संचय कोषको टिमले प्राप्त गरे थियो ।

खेलमा पुरुष तर्फको उत्कृष्ट खेलाडी एनआईएमबि बैंकका सुलभ थापा हुन सफल भएका थिए भने महिलातर्फको उत्कृष्ट खेलाडी कृषि विकास बैंक लिमिटेडका भावना बम बनेकी छन् ।

यसैगरी नेको ईन्स्योरेन्सका क्षितिज सुवेदी ११ गोल सहित पुरुष तर्फको उच्च गोलकर्ता बनेका छन् । यता, महिला तर्फ ग्लोवल आईएमई बैंकका चन्द्रिका भट्ट उच्च गोलकर्ता भएकी छन् ।

यसैगरी पुरुषतर्फको उत्कृष्ट गोलरक्षक एनआईएमबि बैंकका सगुन कुमार मोक्तान महिलातर्फको उत्कृष्ट गोलरक्षक ग्लोवल आईएमई बैंकका सानुमाया गुरुङ सफल भए ।


प्रतिक्रिया दिनुहोस्