सिटिजन्स बैंक र नक्साल स्थित बाईकर्स क्याफेबीच छुट सम्झौता « Arthapath.com
१५ माघ २०८१, मंगलवार

सिटिजन्स बैंक र नक्साल स्थित बाईकर्स क्याफेबीच छुट सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नक्साल स्थित बाईकर्स क्याफे बीच छुट सम्झौता भएको छ। क्याफेमा बैंकका ग्राहकहरूलाई विशेष छुट पाउनेछन् ।

बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बाईकर्स क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यसले नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्