रुकुममा एनएमबि बैंकको २०२औं शाखा, वित्तीय सेवा थप मजबुत « Arthapath.com
१५ माघ २०८१, मंगलवार

रुकुममा एनएमबि बैंकको २०२औं शाखा, वित्तीय सेवा थप मजबुत



काठमाडौं । एनएमबि बैंक लिमिटेडले रुकुममा आफ्नो २०२औं शाखा उद्घघाटन गरेको छ ।

नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

व्यक्तिगत ग्राहकहरू, व्यवसायीहरू र स्थानीय संस्थाहरूको आवश्यकता सम्बोधन गर्न यो शाखाले महत्वपूर्ण भूमिका खेल्नेछ । यस शाखाले क्षेत्रीय आर्थिक गतिविधि र विकासलाई थप गति दिन सहयोग गर्ने विश्वास गरिएको छ ।

एनएमबि बैंकले वित्तीय पहुँचलाई सहज बनाउन देशका विभिन्न भागमा आफ्ना शाखा स्थापना गर्दै आएको छ । बैंकले आफ्ना सेवा सञ्जाललाई विस्तार गरी स्थानीय उद्यमशीलता र समुदायको आर्थिक सशक्तिकरणमा योगदान पु¥याउँदै आएको छ । आठबीसकोट शाखाको उद्घाटनले बैंकको सञ्जाललाई अझ बलियो बनाएको छ।

बैंकले हाल देशभर २०२ शाखा, १८६ एटीएम, र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ । यस विस्तारले एनएमबि बैंकलाई नेपालको एक अग्रणी वित्तीय संस्थाको रूपमा स्थापित गरेको छ, जसले ग्राहकहरूको आवश्यकता पूरा गर्न निरन्तर काम गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्