नेपाल बैंकको बर्दिया शाखा प्रबन्धक न्यौपाने रकम हिनामिना गरेर सम्पर्क बिहिन « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

नेपाल बैंकको बर्दिया शाखा प्रबन्धक न्यौपाने रकम हिनामिना गरेर सम्पर्क बिहिन



काठमाडौं । नेपाल बैंकको शाखा प्रबन्धक धबेन्द्र न्यौपाने बैंकको रकम हिनामिना गरेर सम्पर्क बिहिन भएका छन् ।

शाखा प्रमुख सम्पर्क बिहिन भएपछि प्रहरीलाई खोजी गरीदिनु भन्दै उजुरी गरेका छन् । उजुरीको आधारमा प्रहरीले खोजी कार्य सुरु गरेको छ ।
बैंकले उजुरी दिएपछि खोजी कायै सुरु गरेको बर्दिया प्रहरी कार्यलयले जनाएको छ ।

परिवारले पनि खोजी गरीदिनु भन्दै प्रहरीमा निवेदन दिएका छन् । केहि समय अगाडी मात्र ५० लाख हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उनले अनलाईनबाट नै सेवाग्राही र बैंकको ५० लाख हिनामिना गरेको आरोप लागेको थियो । यस घटनाको अनुसन्धन गर्न प्रहरीले न्यौपानेको खोजी भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस्