लाभांश वितरणका लागि सिटिजन्स बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
१३ आश्विन २०७९, बिहीबार

लाभांश वितरणका लागि सिटिजन्स बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । सिटिजन्स बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आउँदो कात्तिक ४ गते सभा बोलाएको छ ।
बुधवार बसेको बैंक संचालक समितले सभा अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे बोलाउने निर्णय गरेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्नेछ ।

बैंकले गत आवमो वितरण योग्य मुनाफबाट १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।
सभामा बैंकले अन्य बैंकसँग मर्जरमा जान वा बैदेशिक साझेदारीमा जामनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

यस्तै, सभामा गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात र नाफानोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण माथि छलफल हुनेछ ।

साधारणसभा प्रयोजनको लागि बैंकले असोज २८ गते बुकक्लोज गर्ने भएकोले असोज २७ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन्।

Tags :

प्रतिक्रिया दिनुहोस्