सिरहामा माछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर « Arthapath.com
१४ आश्विन २०७९, शुक्रबार

सिरहामा माछापुच्छ्रे बैंकको नयाँ बन्दिपुर एक्सटेन्सन काउन्टर



काठमाडौं । माछापुच्छ्रे बैंकले मधेश प्रदेशको सिरहा स्थित कर्जन्हा नगरपालिका वडा नं. ०३, बन्दिपुरमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

बैंकले असोज १४ गते शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरि उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन गरेको हो । बन्दिपुर सिरहा एक्सटेन्सन काउन्टर सगैँ बैंकको हाल १० वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।

उक्त एक्सटेन्सन काउन्टरको कर्जन्हा नगरपालिकाका मेयर भोला प्रसाद पोखरेल एंव बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाका् पनि उपस्थिती रहेको थियो । बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।

नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकल्न तथा भुक्तानी,विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु प्रदान गर्ने छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्