आज सनराइज बैंकको निःशुल्क बस सुविधा, उपत्यकामा ३० वटा बस संचालन « Arthapath.com
१९ आश्विन २०७९, बुधबार

आज सनराइज बैंकको निःशुल्क बस सुविधा, उपत्यकामा ३० वटा बस संचालन



काठमाडौं । सनराइज बैंकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसर र नेपालीहरुको महान् चाँड दशैंलाई मध्यनजर गर्दै निःशुल्क बस यात्राको सुविधा प्रदान गरेको छ ।

दशैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्युनिकरण गर्ने अभिप्रायसाथ बैंकले निःशुल्क बस सेवा दशैको टिकाको दिन अर्थात असोज १९ गते, बुधवार संचालन गरेको हो ।

बैंकले साझा यातायात संग सहकार्य गरीे काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण साझा बसहरु निशुल्क संचालन गरेको हो । करिब ३० वटा बसहरु मार्फत बिहान ८ बजे देखि साझ ६ बजे सम्म सेवा दिइने बैंकले जनाएको छ ।

बंैकले यहि असोज २५ गते आफ्नो १५ औं वार्षिक उत्सव मनाउदै छ ।


प्रतिक्रिया दिनुहोस्