नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, अब कुनमा कति ? « Arthapath.com
१ चैत्र २०७९, बुधबार

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, अब कुनमा कति ?



काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज अर्थात चैत १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले घटाएर नयाँ ब्याजदर प्रकाशन गरेको छ ।

नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म, मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म निर्धारण गरेको छ ।

यस्तै, बैंकले रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याज प्रदान कायम गरेको छ । बैंकको आधार दर १०.१० प्रतिशत रहेको छ ।

यस्तो छ बैंकको नयाँ ब्याजदर


प्रतिक्रिया दिनुहोस्