सिभिल बैंकमा बन्यो संचालक समिति « Arthapath.com
२० श्रावण २०७६, सोमबार

सिभिल बैंकमा बन्यो संचालक समिति



civil bank

काठमाडौं । सिभिल बैंक लिमा नयाँ संचालक समिति चयन भएको छ । सहमतीबाट चुनिएको संचालक समितिलाई शुक्रबार सम्पन्न सातौं र आठौं साधारण सभाले अनुवोदन गरेको हो ।

बैंककोे संस्थापक शेयरधनीहरुको तर्फबाट ई.इच्छा राज तामाङ्ग, अम्बीर बोगटी, प्रतापजङ्ग पाण्डे तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भु प्रसाद पन्त र युगेश बहादुर मल्ललाई संचालक पदमा आगामी चार बर्षको लागि निर्विरोध निर्वाचित गरेको छ ।

सिभिल बैंकको सातौं र आठौं वार्षिक साधारणसभाले सम्पन्न १०.२५% बोनस शेयर सहित ४.०५% नगदलाभांश पासरत गरेको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट बैंकको चुक्तापूँजीको १०.२५% बोनस शेयर वितरण गर्ने र ०.५४% का (कर प्रयोजनको) लागि नगद लाभांश वितरण गर्ने तथा आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट प्रतिशेयर ४.०५% का दरले हुन नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ ।

सभाले आ.व. २०७५/०७६ को लेखापरिक्षण गर्नको लागि बिआरएस न्यौपाने एण्ड कम्पनीलाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने प्रस्ताव पास गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधि युक्त बैंकिङ्ग सेवा दिँदै आएबो बताएको छ । बैंकको ७३ शाखाहरु रहेको र थप ३३ शाखाहरु विस्तारको क्रममा रहेको कुरा पनि बैंकले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्