सनराइज बैंककाे साखा तम्घास र कुश्मामा « Arthapath.com
२६ श्रावण २०७६, आईतवार

सनराइज बैंककाे साखा तम्घास र कुश्मामा



सनराइज बैंकले तम्घास र कुश्मामा शाखा विस्तार गरेको छ । साथै बैंकले ललितपुरको सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर समेत संचालनमा ल्याएको छ । पर्वतको कुश्मा शाखाको कुश्मा नगरपालिकाका नगर प्रमुख राम चन्द्र जोशी र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन । सोही क्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले एटिएम सेवा समेत उद्घाटन गरेका छन । त्यस्तै गुल्मीको तम्घास शाखाको भने रेशुङ्घा नगरपालिकाका नगर प्रमुख डिल्ली राज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ भुपाल पोखरेलले संयुक्त रुपमा उद्घाटन गरेका छन । साथै सानागाउँ एक्सटेन्सन काउण्टरको भने महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले उद्घाटन गरेको छन । बैंकले ११९ शाखा, ३८ शाखारहित बैंकिङ सेवा, ६ एक्सटेन्सन काउण्टर र १३७ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्