हिमालयन बैंकले कमायो २ अर्व ८४ करोड « Arthapath.com
३० श्रावण २०७६, बिहीबार

हिमालयन बैंकले कमायो २ अर्व ८४ करोड



काठमाडौं । हिमालयन बैंकले गत आवको नाफामा उल्लेख्य प्रगती गरेको छ । बैंकले ५१ प्रतिशतले नाफा बढाएको छ ।
बैंकले गत आवमा दुई अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको हो । अघिल्लो बर्ष एक अर्ब ८७ करोड रुपैयाँ थियो । खुद व्याज आम्दानी ५ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा यस्तो आम्दानी चार अर्ब ३२ करोड रुपैयाँ थियो ।
बैंकले एक खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब ८२ करोड रुपैयाँको ऋण लगानी गरेको छ । अघिल्लो वर्ष ९८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरि ८२ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।
चुक्ता पूँजी ८ अर्ब ५२ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ३२ करोड रुपैयाँ छ । खराव कर्जा अनुपात १.४० प्रतिशतबाट १.१२ प्रतिशतमा झार्न सफल भएको छ भने बैंकको नाफामा उल्लेख्य सुधार भएको हो । स्प्रेडदर घटाए पनि नेपाल राष्ट्र बैंकले निर्देशन गरेको भन्दा माथि ४.४७ प्रतिशत छ । आधार व्याजदर थोरै मात्रै घटेर ९.०५ प्रतिशत छ। प्रतिशेयर आम्दानी १० रुपैयाँले बढेर ३३ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्