सनराइज बैंकले एकैपटक माग्यो प्लसटु पास देखी व्यवस्थापनसम्म कर्मचारी « Arthapath.com
१५ माघ २०७६, बुधबार

सनराइज बैंकले एकैपटक माग्यो प्लसटु पास देखी व्यवस्थापनसम्म कर्मचारी



काठमाडौं । सनराइज बैंकले प्लस टु उत्तीर्णसहित उच्च तहको कर्मचारी मागेको छ । बैंकले बुधकार विज्ञापन प्रकाशन गरी विभिन्न तहमा अनुभवी र फ्रेस कर्मचारी मागेको हो ।

बैंकले प्रदेश कार्यालयको उच्च तहमा तीनजना कर्मचारीको पनि विज्ञापन गरेको छ । १० वर्षको अनुभवी कर्मचारी ५ वर्ष साखा व्यवस्थापनमा बसेर काम गरेका कर्मचारी माग गरेको हो । त्यसैगरी बैंकले ५ वर्षको अनुभव भएको १ जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ ।

यसैगरी १ जना सूचना प्रविधि विभागका लागी कर्मचारी माग गरेको छ भने ४ वर्ष अनुभव भएका अफिसर स्तरमा केही शाखा प्रबन्धक पनि माग गरेको ।
बैंकले ४ वर्षे अनुभव भएका सुपरभाइजर तथा रिलेसनसिप म्यानेजर, अपरेसन इन्चार्ज माग गरेको सूचनामा जनाइएको छ ।
त्यस्तै बैंकले कम्तीमा प्लसटु पास गरेकालाई जुनियर असिष्टेन माग गरेको छ । आवेदकले बैंकको वेभसाइटमा गएर एप्लाइ गर्न सक्नेछन ।


प्रतिक्रिया दिनुहोस्