प्राइम बैंकको नाफा २२ प्रतिसत बढ्यो, छ महिनामै कमायो १ अर्ब ३० करोड « Arthapath.com
१९ माघ २०७६, आईतवार

प्राइम बैंकको नाफा २२ प्रतिसत बढ्यो, छ महिनामै कमायो १ अर्ब ३० करोड



काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा १ अर्व ३० करोड गरेको छ । बैंकले पौष मसान्तसम्मको वित्तिय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार बैंकले नाफा २२.६१ प्रतिशतले बढाएर १ अर्ब ३० करोड रुपैयाँ पुर्याएको हो ।
राष्ट्रिय स्तरको विकास बैंकसँग मर्जरको तयारीमा रहेको प्राइम बैंकले निक्षेपको तुलनामा लगानीमा आक्रामक देखिएको छ । प्राइमले यसै महिनमा कैलाश विकास बैंकलाई अक्वायर गर्नेछ ।
बैंकले निक्षेपको तुलनामा लगानी बढाएको छ । बैंकले अघिल्लो पुससँग तुलना गर्दा निक्षेप ३ अर्ब ३१ करोडले बढाएर ८० अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ । ऋण भने ८ अर्ब ३९ करोडले बढाएर ८० अर्ब ९१ करोड रुपैयाँ पुर्याएको छ ।


प्रतिक्रिया दिनुहोस्