एक्सेल डेभलपमेन्ट बैंकद्धारा सेयरधनीलाई १८ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको २३१ औँ सञ्चालक समितिको बसेको बैठकले आफ्ना सेयरधनीलाई १८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँमा १७.१० प्रतिशत अर्थात् ११ करोड ८४ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनका लागि ०.९० प्रतिशत अर्थात् ६२ लाख ३४ हजार रुपैयाँ बराबरको नगद लाभांश गरी जम्मा १८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण गर्ने बैंकले जनाएको छ ।