बैंक अफ काठमाण्डूका ग्राहकले सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीमा १०% छुट पाउने « Arthapath.com
२१ माघ २०७६, मंगलवार

बैंक अफ काठमाण्डूका ग्राहकले सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीमा १०% छुट पाउने



काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहरुलाई सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटीको सिमित सेवा प्रयोग वापत बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकहरुलाई १०% दिने सम्झौता भएको छ ।

बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ गु्रपका ब्यापार विभागका निर्देशक प्रभाकर खडकाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात् सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटीको ६ होटल, ३ रिसोट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट उपलब्ध हुने छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्