एनएमबि बैंकमा कञ्चन डेभलपमेन्ट बैंक गाभियो « Arthapath.com
२७ माघ २०७६, सोमबार

एनएमबि बैंकमा कञ्चन डेभलपमेन्ट बैंक गाभियो



काठमाडौं । विगत २५ बर्ष देखि बैंकिङ्ग कारोवार गरिरहेको एनएमबि बैंकमा कञ्चन डेभलपमेन्ट बैंक गाभिएको छ । कञ्चन डेभलपमेन्ट बैैक करिव १० बर्ष देखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको थियोृ ।

कञ्चनपुर महेन्द्रनगर स्थित मुख्य कार्यालय बैंक नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको बंैक हो । एनएमबि बैंक र कञ्चन डेभलपमेन्ट बैैंक माघ २६ गते गाभिएका हुन । कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहँुचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको छ । जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको छ ।

एनएमबि बैंकले बैंकिङ्ग क्षेत्रमा सफल बैंकको रुपमा पहिचान बनाएको छ । लगातार दुई पटक बैंक अफ दि ईयरले सम्मानित भई प्रभावकारी सेवा दिदै आएको “क” वर्गको बैंक हो । कञ्चन डेभलपमेन्ट बैंकपनि सुदूर पश्चिमका विभिन्न स्थानमा प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको “ख” वर्गको बैंक हो ।

कञ्चन डेभलपमेन्ट बैंक कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी गरि ५ वटा जिल्लामा कार्यक्षेत्र रहेको छ ।। यस बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात सुदूरपश्चिम प्रदेशमा शाखा संख्या २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टरको संख्या ४ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्