सन्राइज बैंकको सन्राइज पपकन मेनिया योजना « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

सन्राइज बैंकको सन्राइज पपकन मेनिया योजना



काठमाडौं । सन्राइज बैंकले क्युएफएक्स सिनेमासँग सहकार्य गरी ल्याएकोे सन्राइज पपकन मेनिया को उद्घाटन क्युएफएक्स सिनेमा, कुमारी हलमा एक भव्य कार्यक्रमका साथ गरेको छ । शुक्रबार क्युएफएक्स सिनेमा, कुमारी हलमा आयोजित एक कार्यक्रममा बंंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम वेष्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सो योजनाको सुरुवात गरेका थिए । क्युएफएक्स सिनेमा, कुमारी हलमा सिनेमा हेर्न आउनुभएका दर्शकहरु माझ गरिएको उक्त कार्यक्रममा विभिन्न रमाइला खेलहरु संचालन गरी उपहारहरु समेत प्रदान गरिएको थियो ।

तीन महिनासम्म संचालन गरिने उक्त योजना अवधिभर सन्राइज बैंकका ग्राहकरूले नेपालभरीका क्युएफएक्स सिनेमाघरमा कुनैे पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पप्कर्न निःशूल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस योजना अन्तर्गतठट प्रति कारोबार अधिकतम पाँचवटासम्म निःशूल्क पपकन प्राप्त गर्न सकिने बैंकले जनाएको छ । जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सन्राइज बैैकका डेबिट वा व्रmेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्पmत भुक्तानी गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्