बैंक अफ काठमाण्डूद्धारा २५ बर्षको अवसरमा नया योजना सार्वजनिक « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

बैंक अफ काठमाण्डूद्धारा २५ बर्षको अवसरमा नया योजना सार्वजनिक



काठमाडौं । बैंक अफ काठमाण्डूले २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा BOK सहज बचत खाता’ ल्याएको छ ।

२५ वर्षसम्म निरन्तर सहयात्राको शुभ अवसरमा बैंकले उक्त खाता संचालनमा ल्याएको हो । “२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुल नाराका साथ सार्वजनिक गरीएको उक्त खाता रु २५ मा नै खोल्न सकिन्छ । उक्त बचत खातामा उच्चतम ब्याजदरको ब्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन् ।

उक्त खाता खोलेपछि वार्षिक ६% ब्याजदर, न्यूनतम् मौज्दात रु २५ मात्र, त्रैमासिक ब्याज भुक्तानीको सुबिधा, पहिलो वर्ष निःशुल्क डेबिट कार्डको ब्यवस्था, पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको ब्यवस्था, पहिलो वर्ष निःशुल्क इन्टरनेट बैंकिङ्ग ब्यवस्था रहेका छन ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्