सिटिजन्स बैंकद्वारा जनता आधारभूत विद्यालयलाई आर्थिक सहयोग « Arthapath.com
१८ फाल्गुन २०७६, आईतवार

सिटिजन्स बैंकद्वारा जनता आधारभूत विद्यालयलाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महोत्तरी जिल्लाको औरही नगरपालिका —१ स्थित श्री जनता आधारभूत विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रु ७० हजार आर्थिक सहयोग गरेको छ । विद्यालयमै आयोजित कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको छ ।

विद्यालयले स्थापनाकाल देखिनै विशेषत जनजाती, दलित बाहुल्यता रहेको समुदायका बालबालिकाहरुलाइ ज्ञानको ज्योति छर्दै आएको छ । सामाजिक, आर्थिक रूपले विपन्न गरिब तथा दलित बालबालिकाहरुको पठन पाठनमा सहज होस भन्ने उद्देश्यका साथ विद्यालयले उक्त सहयोग रकमबाट विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीको खरिद गरि वितरण गरिएको छ ।

नेपाल सरकारले अवलम्बन गरेको ’सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले व्यक्त गरेको छ । यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ ।

सिटिजन्स बैंक ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव ५ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्