सेञ्चुरी बैंकलाई भ्यालुयर्सको चेतावनी, अन्दोलनको अल्टिमेटम (पत्रसहित) « Arthapath.com
१९ फाल्गुन २०७६, सोमबार

सेञ्चुरी बैंकलाई भ्यालुयर्सको चेतावनी, अन्दोलनको अल्टिमेटम (पत्रसहित)



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सम्झौता कार्यन्वयन नगरेको भन्दै नेपाल भ्यालुयर्स एसोसियसनले अल्टिमेटम पत्र बुझाएको छ । विगत २ वर्षदेखी संघ र नेपाल बेंकर्स संघविच भएको आधिकारीक प्रोफेसनल भ्यालुयर्सविच भ्यालुएसन गराउने सम्झौता भएको थियो । सो सम्झौता सेञ्चुरी बैंकलेमात्र कार्यन्वयन नगरेको भन्दै इन्जीनियरहरुले सोमबार बैंकमै गई ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपाल भ्यालुयर्स संघ र नेपाल बैंकर्स संघ विच २०७४ मंसिर २४ गते सर्भिस एग्रिमेन्ट भएको थियो । सो सम्झौता अन्य सबै बैंकमा लागु भएको तथा सेञ्चुरी बैंकले अटेर गरि आफ्ना आसेपासेलाई भ्यालुएसन गराएर प्रोफेसनल संस्थालाई व्यवस्था गरेको भ्यालुयर्स एसोसियसनले आरोप लगाएको छ ।

संघले सो सम्झौता लागु नभएमा आगामी चैत्र २० गते सेञ्चुरी बैंकका केन्द्रीय तथा साखा कार्यलयहरुमा आन्दोलन गर्ने अन्य थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको भ्यालुयर्स संघका अध्यक्ष ऋषि कोइरालाले बताए ।

सम्झौता कार्यन्वयन गर्न ध्यानाकर्षण गर्न आउँदा बैंकका प्रमुख कार्यकारी अधिकृतले अपमानजनक व्यावहार गर्दै बैंकको पार्कीङमा पत्र बुझेको र प्रोफोसनले इन्जीनियरहरुको पेसामाथी बैंकले अपमान गरेको भ्यालुयर्स संघका महासचिव मुक्ती पाण्डेले बताए ।

एसोसियसनले आफुसंग आपद्ध भएका ३ सय ७० प्रोफेसनल इन्जीनियरहरुबाट भ्यालुएसन गराउन माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्