नविल बैंकले पनि निकाल्यो २ अर्वको ऋणपत्र, चैत्र २ देखी ५ गतेसम्म किन्न सकिने « Arthapath.com
२० फाल्गुन २०७६, मंगलवार

नविल बैंकले पनि निकाल्यो २ अर्वको ऋणपत्र, चैत्र २ देखी ५ गतेसम्म किन्न सकिने



काठमाडौं । पछिल्लो समय बैंकहरुले आफ्नो लगानी योग्य रकम बढाउन ऋणपत्र निष्कासनलाई तिब्रता दिएका छन । नेपालकै पहिलो निजी क्षेत्रको बैंक नविल बैंकले पनि २ अर्वको ऋणपत्र आिज निष्कासन गरेको छ । नबिल बैंकले २ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको बैंकका प्रम्ख कार्यकारी अधिकृत अनिल शाहले बताए ।

बैंकले ऋणपत्र आगामी चैत २ गतेबाट निष्कासन गर्न लागेको हो । चैत ५ गतेसम्म बिक्री गर्ने लक्ष्य राखिएको ऋणपत्र यस अवधीमा नविके चैत्र १६ गतेसम्म बिक्री गर्न सकिने बैंकले जनाएको छ । ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १० प्रतिशत व्याज पाउने बैंकले जनाएको छ । प्रतिकित्ता १ हजारका दरले निष्कासन गरेको ऋणपत्र लगानीकर्ताले न्युनतम २५ कित्ता अथार्त २५ हजार लगानी गर्नुपर्नेछ । आगामी २०८२ सालमा परिपक्व हुनेछ ।

बैंकले सर्वसाधारण व्यक्तिगत लगानीकर्तालाई १२ लाख कित्ता ऋणपत्र प्राइभेट प्लेसमेन्ट (ब्यक्तिगत तवरबाट) बिक्री गर्ने जनाएको छ भने ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । यसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्