राष्ट्र बैंक छाडेको १ महिना नपुग्दै निरौला कृषि बैंकको अध्यक्ष « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

राष्ट्र बैंक छाडेको १ महिना नपुग्दै निरौला कृषि बैंकको अध्यक्ष



काठमाडौं । गत फागुन ८ गते राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा प्रवक्ताबाट अवकाश पाएका लक्ष्मी प्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्ष बनेका छन ।

अर्थमन्त्री डा. युवराज खतिवडाका प्रिय निरौलालाई मन्त्री खतिवडाले मन्त्री स्तरीय निर्णयबाट कृषि विकास बैंकको अध्यक्ष नियुक्त गरेका हुन । खतिवडाले निरौलालाई डेपुटी गभर्नर नियुक्त गर्न खोजेपनि विभिन्न आरोप लागेका शिवराज श्रेष्ठले सफाइ पाएपछि खतिवडाले निरौलालाई कृषि विकास बैंकको अध्यक्ष बनाएका हुन ।

निरौललाले बुधबारै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट सपथ लिइसकेका छन ।


प्रतिक्रिया दिनुहोस्