नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले अनुसन्धान तथा विश्लेषणमा आधारित परामर्श सेवा दिने « Arthapath.com
४ चैत्र २०७६, मंगलवार

नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले अनुसन्धान तथा विश्लेषणमा आधारित परामर्श सेवा दिने



काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले देशमा छरिएर रहेका उद्योगी, व्यावसायि संघ संस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यवसायिक उद्देश्यमा सहयोग गर्ने उद्देश्यले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा (च्भकभबचअज द्यबकभम ऋयचउयचबतभ ब्मखष्कयचथ क्भचखष्अभ) उपलब्ध गराउने भएको छ ।

यस सेवा अन्तर्गत आफ्नो उद्योग व्यवसाय संचालन गरिरहुभएका उद्योगीहरू तथा नयाँ व्यवसाय संचालन गर्न चाहने व्यवसायीहरूको लागि निम्न बमोजिमको सेवाहरु उपलब्ध गराईने जनाएको छ ।

१. वित्तीय सर्वेक्षण (Financial Survey )
२. बजार सर्वेक्षण ( Market Survey/Assessment )
३. सम्भाव्यता अध्ययन (Feasibility Study)
४. व्यापारिक योजना र विकास ( Business Plan Development )
५. व्यापार रणनीति विकास ( Business Strategy Development )
६. व्यवसाय मूल्यांङ्कन ( Business Valuation )
७. शेयर÷इक्विटी मूल्यांङ्कन ( Equity Valuation )
८. आम्दानी योजना ( Revenue/Income Modeling )
९. खर्च योजना ( Expense Modeling )
१०. पूँजीगत बजेट ( Capital Budgeting )
११. पूँजी पुनर्संरचना ( Capital Restructuring )

यसका साथै देशभरी छरिएका लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुलाई नबिल इन्भेष्टले साना तथा मध्यम वर्ग ( SME ) तथा स्टार्ट(अपमा लगानी गर्न चाहेमा परामर्श सेवा समेत उपलब्ध गराउने भएको छ ।


प्रतिक्रिया दिनुहोस्