ऋण लिएर नतिर्नेलाई राष्ट्रिय वाणिज्य बैंकले कारवाही गर्दै « Arthapath.com
४ चैत्र २०७६, मंगलवार

ऋण लिएर नतिर्नेलाई राष्ट्रिय वाणिज्य बैंकले कारवाही गर्दै



काठमाडौं । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर फिर्ता नदिने व्यसायीहरुलाई कारबाही गर्ने भएको छ ।

राष्ट्रिय बाणिज्य बैंकले मंगलबार सूचना प्रकाशित गर्दै १२ व्यवसायीक फर्म तथा ओभर ड्राफ्ट लिएकालाई ३५ दिन भित्र आफूले लिएको ऋण तिर्न आग्रह गरेको छ ।

बैंकले जारी गरेको सूचना अनुसार कूल २१ करोड ७३ लाख ६९ हजार २८८ रुपैयाँ ऋण उठाउने अभिप्रायले मंगलबार सूचना प्रकाशित गरेको हो ।

बैंकको बालाजु शाखा कार्यालयबाट ऋण लिई काठमाडौं बिजनेश टे«डर्स कम्पनी सञ्चालन गरिरहेको व्यवसायीक फर्मलाई कर्जा तिर्न आउन भनेको छ । सो कम्पनीले ७ करोड १० लाख ३५ हजार र १ करोड सात लाख २५ हजार ऋण लिएको पाइएको छ ।

यस्तै बैंकको धनगढी शाखा कार्यालयबाट ओभर ड्राफ्ट लिएको सन्ध्या टे«डर्स १ करोड १६ लाख र ८२ लाख ३५ हजार ५०० रुपैयाँ, घर कर्जा लिएको सीताकुमारी शाही १ करोड २४ लाख ८७ हजार, करुणा स्टोर ५६ लाख ९० हजार, रिडल टे«डर्स एण्ड शु मेटरियल्स २३ लाख ४ हजार, दीप्ती सपिङ ७४ लाख ६१ हजार २००, र ९३ लाख ७१ हजार ३०० रहेका छन ।

यस्तै, सिद्धार्थ निर्माण सेवा ५ करोड ८७ लाख २२ हजार, अनमोल शु एण्ड सेन्डल ४८ लाख २ हजार, फेसन कलेक्सन महोत्तरी ६१ लाख ३५ हजार ४००, मञ्जु बस्त्रालय ४४ लाख ११ हजार ८००, नेशनल विवि सेन्टर ३३ लाख ८० हजार र टाइगर स्टोर कालीकोटले १० लाख ६ हजार ऋण लिएको भएपनि लामो समयसम्म भुक्तानी नगरेपछि बैंकले ३५ दिने सूचना जारी गरेको हो ।

तोकिएको समयमा कर्जा तिर्न नआएको खण्डमा कानून अनुसार धितोमा राखिएको सम्पत्ति लिलामी गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्