माछाखोला जलविद्युतमा वाणिज्य बैंकले ४९ करोड लगानी गर्ने « Arthapath.com
७ चैत्र २०७६, शुक्रबार

माछाखोला जलविद्युतमा वाणिज्य बैंकले ४९ करोड लगानी गर्ने



काठमाडौं । हाईड्रोमा बैंकहरुले ३० प्रतिशत लगानी गर्न पाउने प्रावधान रहेको छ । राष्ट्र बैंकको नितीअनुसार विकास हाइड्रोपावर कम्पनी द्वारा प्रवद्र्धित अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ ।

विकास हाइड्रोपावर कम्पनी र बैंकबीच बिहीवार वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ । सम्झौता समारोहमा हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरे, निर्देशक सरोज धिताल र सुनिल श्रेष्ठ तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलगायत पदाधिकारीहरुको उपस्थितिमा लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार कुल ८१ करोड ६५ लाखको लगानीमा निर्माण हुने आयोजनामा बैंकले ४९ करोड ऋण लगानी गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यो आयोजनामा कुनै ‘रिस्क’ नदेखेकोले बैंकले लगानी गरेको बताए । श्रेष्ठले वाणिज्य बैंक सरकारी बैंक भएपनि नीजि बैंकहरुभन्दा अगाडि रहेर जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेर लगानी गरिरहेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्