कोरोना सङ्क्रमण रोकथामका लागि कुमारी बैंक र कृषि बैंकको सहयोग « Arthapath.com
२६ चैत्र २०७६, बुधबार

कोरोना सङ्क्रमण रोकथामका लागि कुमारी बैंक र कृषि बैंकको सहयोग



हेटौंडा । बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंक कृषि बिकास बैंकले सहयोग गरेका छ्न । बुधबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल समक्ष बैंकका प्रतिनिधिहरुले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कुमारी बैंकका हेटौंडा शाखा प्रमुख कृष्ण प्रसाद शर्माको टोलीले १० लाख सहयोग हस्तान्तरण गरेका हुन भने कृषि बिकास बैंकका तर्फबाट प्रदेश कार्यलयका निर्देशक जगदिश्वर पन्थीको टोलिले ५ लाख सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन ।

यसअघि सिद्दार्थ बैंकले १० लाख, सिटिजन्स बैंकले ७ लाख,

नेपाल बैंकले ५ लाख सहयोग रकम हस्तान्तरण गरीसकेका छन । यस्तै गोर्खा लाहरीले १० लाख तथा खानेपानी व्यबस्थापन बोर्ड्ले ३ लाख रुपैयाँ सहयोग गरीसकेका छन् । विभिन्न क्षेत्रको सहयोग आउनेक्रम जारी रहेको भन्दै मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्