ज्योति विकास बैंकबाट ज्ञवाली बाहिरिएपछि कामु सिइओमा कँडेल नियुक्त « Arthapath.com
१४ बैशाख २०७७, आईतवार

ज्योति विकास बैंकबाट ज्ञवाली बाहिरिएपछि कामु सिइओमा कँडेल नियुक्त



काठमाडौं । चार बर्षको कार्यकाल भएपनि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट मनोज ज्ञवाली बाहिरिएपछि बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा पारसराज कँडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको हालै सम्पन्न बैठकले बैंकका नायब महाप्रबन्धक कँडेललाई कामु सिइओमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

बैंकका हालका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको कार्यकाल १५ वैशाखदेखि समाप्त हुने भएकाले कँडेललाई कामु सिइओ बनाइएको बैंकले जनाएको छ । ज्ञवालीले दुई बर्षे कार्यकाल बाँकि रहेपनि बैंक छोडेका हुन् । ज्ञवालीले २ बर्ष पुराभएपछि बैशाख १५ गते छोड्ने निर्णय गरेको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्