प्राइम बैंकको २ अर्ब ३ करोड ६ लाख खुद नाफा « Arthapath.com
१७ बैशाख २०७७, बुधबार

प्राइम बैंकको २ अर्ब ३ करोड ६ लाख खुद नाफा



काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले त्रैमाससम्म रु. २ अर्ब ३ करोड ६ लाख खुद नाफा कमाएको छ । केहि महिना अभि मात्रै प्राइम बैंकले राष्ट्रिय स्तरको बैंकलाई प्राप्ती गरेको थियो । प्राईम बैंकले गत बर्षको सोही अवधिको तुलनात्मक रुपमा हेर्ने हो भने ३१ प्रतिशत बढि नाफा कमाएको हो । गत आवको समिक्षा अवधीमा प्राइम बैंकले रु. १ अर्ब ५४ करोड ७९ लाख नाफा कमाएको थियो । बैंकले तेस्रो त्रैमासमा मात्र रु. ७२ करोड ९८ लाख खुद नाफा कमाएको हो ।

१ खर्ब ११ अर्ब भन्दा बढी कर्जा प्रवाह गरेको छ । प्राईम बैंकले बैंक तथा वित्तिय संस्थालाई ४ अर्ब ७३ करोड कर्जा दिएको बैंकले जानकारी दिएको हो । बैंकले कर्जा प्रवाह गरेर रु ३ अर्ब ३४ करोड भन्दा बढी व्याज कमाएका छ । प्राईम कमर्सियल बैंकको हालसम्म निक्षेप संकलनमा रु. १ खर्ब १४ अर्ब ७३ करोड भन्दा बढी रहेको छ । बैंकको प्रतिशेयर आम्दानी रु. १९.३६, मुल्य आम्दानी अनुपातः ३.०२, प्रतिशेयर नेटवर्थः १४४.६२, प्रतिशेयर कुल सम्पत्रिको मुल्यः १०६८.६३, तरलता अनुपात २२.६९ रहेको बैंकले सार्वजनिक गरेको तथ्याङ्कले जनाएको छ । गत बर्ष सोहि अवधीमा बैंकको एनपिएल १.५८ प्रतिशत रहेकोमा घटाएर ०.९७ प्रतिशतमा सिमित राखेको छ ।


प्रतिक्रिया दिनुहोस्