सिटिजन्स बैंकको नाफा १ अर्ब ९ करोड « Arthapath.com
१७ बैशाख २०७७, बुधबार

सिटिजन्स बैंकको नाफा १ अर्ब ९ करोड



काठमाडौं । सिटिजन्स बैंकले चालु आवको त्रैमासमा नाफा २.०२ प्रतिशतले बढेको छ । त्रैमासमा बैंकले १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको बैंकले सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ । गत बर्ष यसै अवधिमा बैंकले १ अर्ब ६ करोड ९६ लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको वितरण योग्य नाफा ४१ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको छ । गत आवको तेस्रो त्रैमासमा २ अर्ब ८ करोड ७२ लाख ४४ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा २ अर्ब २४ करोड ४८ लाख १३ हजार रुपैयाँ रहेको छ ।

गत आवको तेस्रो त्रैमासमा १ अर्ब ४९करोड १४ लाख ५ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ५२ करोड ३१ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

८ अर्ब ६२ करोड २१ लाख ९६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४९ करोड ३३ लाख ६७ हजार रुपयैयाँ रहेको छ भने बैंकको खराब कर्जा १.५८ प्रतिशतबाट घटेर ०.९७ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्