बैंक अफ काठमाण्डूको नाफा २७.४९ प्रतिशतले गिरावट « Arthapath.com
२४ बैशाख २०७७, बुधबार

बैंक अफ काठमाण्डूको नाफा २७.४९ प्रतिशतले गिरावट



काठमाडौं । बैंक अफ काठमाण्डूको गत आवको तेस्रो त्रैमासमा १ अर्ब २० करोड ४६ लाख ८२ हजार रुपैयाँ रहेकोमा चालु आवको तेस्रो त्रैमासमा बैंकको वितरण योग्य नाफा ९ करोड ८ लाख ८३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको नाफा २७.४९ प्रतिशतले घटेर ८७ करोड ३४ लाख ९३ हजार रुपैयाँ रहेको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब २० करोड ४६ लाख ८२ हजार रुपैयाँ रहेको थियो । चालु आवको तेस्रो त्रैमासमा बैंकको वितरण योग्य नाफा ९ करोड ८ लाख ८३ हजार रुपैयाँ घटेको हो ।

गत आवको तेस्रो त्रैमासमा २ अर्ब ७३ करोड ५२ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा चालु आवको २ अर्ब ८७ करोड ८७ लाख ८० हजार रुपैयाँ रहेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

यो अवधिमा बैंकको सञ्चालन नाफामा भने गिरावट आएको छ । गत आवको तेस्रो त्रैमासमा १ अर्ब ७१ करोड ६ लाख १३ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब २३ करोड ५३ लाख ४७ हजार रुपैयाँमा सिमित बनेको छ ।

८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २० करोड ७३ लाख ६४ हजार रुपैयाँ रहेको छ । ८९ अर्ब ७७ करोड ९ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७८ अर्ब ७२ करोड ४९ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा २.१२ प्रतिशतबाट घटेर १.५३ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९२ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्