बैंक अफ काठमाण्डू लिमिटेडद्वारा चौधरीलाई बीमा दाबी रकम भुक्तानी « Arthapath.com
३ असार २०७७, बुधबार

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा चौधरीलाई बीमा दाबी रकम भुक्तानी



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाले बीमा दाबी रकम भुक्तानी गरेको छ ।

बिओके प्रिमियम तलब खाता अन्र्तगत रहेकोे दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको सात लाखको बीमा दाबी रकम खाताबाहकको परिवारलाई हस्तान्तरण गरेकोे हो ।

बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी असामयिक निधन भएको थियो ।

बैंकले चौधरीको बीमा सेवा प्रदायक कम्पनी श्री सिद्धार्थ इन्सुरेन्स कम्पनी लिमिटेडसंग समन्वयमा गरी प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीले बीमाको दाबी रकम मुतक चौधरीको श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गरेका छन ।

हाल बैंक अफ काठमाण्डू लिमिटेडको ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्