राष्ट्र बैंकको निर्देशनको गलत व्याख्या गर्दै शाक्यलाई नविल बैंक इन्ट्रीमा रोक्ने खेल « Arthapath.com
२५ श्रावण २०७७, आईतवार

राष्ट्र बैंकको निर्देशनको गलत व्याख्या गर्दै शाक्यलाई नविल बैंक इन्ट्रीमा रोक्ने खेल



काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको शुसाशन निर्देशिकामा २०७७ असारमसान्तसम्म मर्ज गरेका बैंक वित्तिय संस्थाका सिईओ र डेपुटी सिईओलाई कुलिङ पिरियड नलाग्ने भनेर लेखिएको छ । ग्लोवल आईएमई बैंकले पनि गत अवामै जनता बैंकसंग मर्ज गरेको हो । जनता बैंकका डेपुटी सिईओ रहेका सुजित शाक्य ग्लोवल आईएमई बैंक मर्ज भएसंगै साही बैंकमा डेपुटी सिईओ कायम छन ।

शाक्यलाई नविल बैंकले डेपुटी सिईओमै नियुक्त गरेको हो । त्यो पनि राष्ट्र बैंकको कानुन अनुसार । तर अहिले शाक्यलाई नविल बैंक नजान रोक्ने चलखेल सुरु भएको छ ।

गतसाता बसेको नबिल बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले एकैपटक २ जना डेपुटीसीईओ नियुक्त गर्ने निर्णय ग¥यो ।एउटा आन्तरिक र अर्को बाहिरबाटगरी दुईजना डेपुटी सीईओ नियुक्तगर्ने निर्णय भए पनि दुबै जनाले नियुक्ति–पत्र पाइसकेका छैनन् ।

नबिल बैंकबाट केही समयअघि डेपुटी सीईओ अनिल खनालले अवकाश पाएका थिए । त्यसपछि यो पद खाली थियो । एउटामात्र दरबन्दी रहेको भए पनि नविलले एकैपटक दुईजना डेपुटी सीईओ बनाउने निर्णय गरेको छ । अब आक्रामक बैंकिङ गर्नका लागि नविलले दुई जना डेपुटी राख्न लागिएको बताएको छ ।

बैंकमा आन्तरिक रुपमा हाल डिजिएम रहेका विनय रेग्मीलाई डेपुटी सीईओ बनाउने निर्णय भएको छ । त्यस्तै, बाहिरबाट हाल ग्लोवल आइएमई बैंकमा कार्यरत सुजित शाक्यलाई डेपुटी सीईओ नियुक्त गर्ने निर्णय गरिएको हो । रेग्मी यसअघि बैंकले हालै सुरु गरेको ‘डिजी बैंक’का प्रमुख थिए भने शाक्य जनता बैंकको डेपुटी सीईओ हुँदै मर्जरको क्रममा ग्लोवल आइएमई बैंकको डेपुटी बन्न पुगेका हुन् ।

ग्लोवल आइएमई बैंकका डेपुटी सीईओ शाक्यलाई नविल बैंकमा जान नदिनका लागि चलखेल शुरु भएको छ । जसमा राष्ट्र बैंककै अधिकारीहरू समेत उपयोग भएका छन । शाक्यले ग्लोवलबाट राजीनामा दिइसकेका छन भने उनको राजीनामा स्वीकृत भैसकेको छैन । उनले बैंक अध्यक्ष चन्द्र ढकाललाई भेटेर आफ्नो राजीनामा स्वीकृत गरेर नविलमा हाजिर हुन जाने बाटो बनाइदिन आग्रह गरे पनि ढकालले ग्लोवल नछाड्नका लागि अनुरोध गरेको बताइएको छ ।

बैक तथा वित्तिय सस्थालाई मर्जरका क्रममा दिइएको सहुलियतमा मर्जरमा जाने सस्थाका सीईओ र डेपुटी सीईओलाई कुलिङ पिरियड नलाग्ने व्यवस्था छ । सोही अनुसार शाक्यले ग्लोवलबाट राजीनामा दिए पनि अर्को बैंकमा जानका लागि ६ महिने कुलिङ पिरियड लाग्दैन ।

जनता बैंक र ग्लोबल बैंक भर्खरै मर्ज भएका कारण शाक्यले सो सुविधा पाउने तर्क छ ।
सोही अनुसार नविल बैंकले पनि शाक्यलाई नियुक्त गर्ने निर्णय गरिसकेको छ । नविल बैंकको सन्चालक समितिले दुईवटा डेपुटी सीईओ र एकजना डिजिएम नियुक्त गर्ने निर्णय गतसाताको सोमबार गरेको थियो । जसअनुसार डिजिएममा मनोज ज्ञवाली नियुक्त भै काम सुरु गरिसकेका छन् । तर शाक्यलाई रोक्न भने राष्ट्र बैंककै एउटा समुह लागेको बताइएको छ ।

ग्लोवल बैंककै प्रबद्र्धकहरूको अनुरोधमा शाक्यलाई नबिल जान नदिने प्रयास सुरु भएको बताइएको छ । जसअनुसार राष्ट्र बैंकको बैंक तथा वित्तीय सस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले शाक्यलाई कुलिङ पिरियड लाग्ने र उनले राजिनामा दिएमा अर्को बैंकमा जानका लागि ६ महिना कुर्नुपर्ने दाबी गरेका छन् । कार्यकारी निर्देशक ढकालले सेयर बजारसँग कुरा गर्दै भने, ‘मर्जरको क्रममा दिइएको सुविधा भनेको मर्जरका कारण जागिर गुमाउने व्यक्तिका लागि मात्र हो । तर, शाक्यको हकमा उनी मर्जरपछि पनि सोही पदमा कार्यरत रहिरहेका कारण उनले सो सुविधा पाउँदैनन् ।’

कार्यकारी निर्देशक ढकालको भनाइअनुसार अब शाक्यको राजीनामा स्वीकृत भएमा पनि उनी ६ महिना बेरोजगार बस्नुपर्ने अवस्था छ । अन्यथा उनी ग्लोवल बैंकमै काम गर्नुपर्ने अवस्था रहन्छ ।

यसअघि मेगा बैंकबाट राजिनामा दिएका अनिल शाह नविल बैंकमा जान लाग्दा पहिलोपटक कुलिङ पिरियडको निर्देशन आएको थियो । हतारमा ल्याइएको सो निर्देशन शाहलाई नविल बैक जानबाट रोक्नकै लागि थियो भन्ने चर्चा चलेको थियो । कुलिङ लाग्ने भएपछि सीईओरुपमा नियुक्त गर्ने निर्णय भएका शाह डेपुटी सीईओमा नियुक्ति लिएर कामु सीईओको रुपमा काम गर्न थाले । राष्ट्र बैंकको निर्देशनले रोक्दा रोक्दै पनि घुमाउरो बाटोबाट नविल बैंकको कार्यकारी प्रमुख बन्न सफल भएका शाहले गरेको काम फेरि नदोहोरियोस भनेर राष्ट्र बैंकले पुनः डेपुटी सीईओमा पनि कुलिङ लाग्ने नियम ल्यायो । अब त्यही नियमले शाक्यलाई फेरी नविल जानबाट रोकिदिएको छ ।

बैंक अफ एसिया हुँदै एनआईसी बैंकबाट सिभिल बैंक सुजित शाक्य व्यावसायिक बैंकरको रुपमा चिनिन्छन् । जनता बैंकलाई मर्जर गरेपछि ग्लोबल आईएमई बैंकमा डेपुटी सीईओ रहेका शाक्यलाई नबिल बैंकले डेपुटी सीईओकै रुपमा नियुक्त गर्ने निर्णय गरिसकेको छ । ग्लोबल आईएमई बैंकमा मर्ज हुनुअघिको जनता बैंकमा पनि शाक्य डेपुटी सीईओ नै थिए ।


प्रतिक्रिया दिनुहोस्