कोरोना संक्रमितको उपचार खर्च बैंकले नै गर्न राष्ट्र बैंकको निर्देशन « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

कोरोना संक्रमितको उपचार खर्च बैंकले नै गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै कोरोना संक्रमित र सम्पर्कमा आएका कर्मचारीलाई परीक्षण तथा उपचारको सम्पूर्ण खर्च बेहोर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी तथा ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न पत्र जारी गरेको हो । राष्ट्र बैंकले संक्रमितको रिपोर्ट नेगेटिभ आएपछि मात्रै कार्यालय आउन समेत निर्देशन दिएको छ ।

त्यस्तै, राष्ट्र बैंकले संक्रमित कर्मचारीलाई व्यवस्थित रुपमा घर, अस्पताल वा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्न समेत निर्देशन दिएको छ । कोरोना संक्रमित कर्मचारी र सम्पर्कमा आएकाहरुको परीक्षण तथा उपचारको सम्पूर्ण खर्च बैंकले बेहोर्नु पर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्