नेपाल इन्भेष्टमेन्ट बैंकले कमायो २ अर्व ५७ करोड, कोरोनाको कारण ७५ करोड नाफा घट्यो « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

नेपाल इन्भेष्टमेन्ट बैंकले कमायो २ अर्व ५७ करोड, कोरोनाको कारण ७५ करोड नाफा घट्यो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ७५ करोड नाफा कमाएको छ । बैंककले शुक्रबार वित्तिय विवरण प्रकाशित गरेको हो । बैंकले अघिल्लो आवको तुलनामा गत आवमा ७५ करोड नाफा घटेको छ । देशमा गत आवको अन्तिम क्वाटरदेखीनै कोरोनाको अषर देखिएकाले ७५ करोड नाफा घटेको हो । इन्भेष्टमेन्ट बैंककले अघिल्लो आवमा ३ अर्व २२ करोड नाफा कमाएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आव २०७६÷७७ मा २ अर्ब ५७ अर्ब मात्रै नाफा कमाएको छ । १४ अर्ब २४ करोड चुक्ता पूँजी रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले निक्षेप भने १७ अर्वले बृद्धि गर्न सफल भएको छ । बैंकले अघिल्लो आवमा १ खर्व ४९ अर्वबाट १ खर्व ६६ अर्व निक्षेप बढाउन सफल भएको छ ।

त्यसैगरी निक्षेप १७ अर्वले बढाउँदा कर्जा भने १३ अर्वले मात्रै बृद्धि गर्न सफल भएको देखिन्छ । कर्जा अघिल्लो आवमा १ खर्व २२ अर्वबाट १ खर्व ३५ अर्व पुर्याएको छ । इन्भेष्टमेन्ट बैंकको वेसरेट ७÷५१ प्रतिसत रहेको छ भने रिर्जभमा ११ अर्व ४१ करोड रहेको छ । बैंककले कमाएको नाफाबाट ६५ करोडमात्रै सेयरधनीलाई बाड्न मिल्ने छ ।


प्रतिक्रिया दिनुहोस्