मुक्तिनाथ विकास बैंकको कमायो ६५ करोड, २० करोड नाफा घट्यो « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

मुक्तिनाथ विकास बैंकको कमायो ६५ करोड, २० करोड नाफा घट्यो



काठमाडौं । मुक्तिनाथ विकास बैंकले ६५ करोड नाफा कमाएको छ । अघिल्लो आवमा ८५ करोड ६१ लाख नाफा गरेको मुक्तिनाथ विकास बैंकले गत आवमा ६५ करोड नाफा कमाएको छ । बैंकको नाफामा २४ प्रतिसतले घटेको छ ।

कोरोना र राष्ट्र बैंककले जारी गरेको २ प्रतिसत छुटको व्यवस्थाले नाफामा केही गिरावट आएको बैंकका अध्यक्ष भरत ढकालले बताए । गत आवमा केही नाफा गिरावट आएपछि चालु आवमा राम्रो हुने ढकालले बताए ।

४ अर्व ३२ करोड चुक्तापुँजी रहेको मुक्तिनाथ विकास बैंकले गत आवमा ५७ अर्व २९ करोड निक्षेप संकलन गरी ४७ अर्व ६९ करोड कर्जा लगानी गरेको छ । बैंकका अघिल्लो आवमा १ अर्ब ८९ करोड खुद ब्याज आम्दानी गरेकोमा गत आवमा २ अर्ब २२ करोड आम्दानी गरेको छ ।

४७ करोड ३३ लाख वितरण योग्य नाफा गरेको मुक्तिनाथले करिव ११ प्रतिसत लाभांस दिन सक्नेछ ।


प्रतिक्रिया दिनुहोस्