कामना सेवा बैंक र डा.सन्चो क्लिनिकबीच स्वास्थ्य सम्बन्धी सम्झौता « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

कामना सेवा बैंक र डा.सन्चो क्लिनिकबीच स्वास्थ्य सम्बन्धी सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र डा.सन्चो क्लिनिक प्रा.लि. बीच स्वास्थ्य सम्बन्धी परामर्श लिने दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा फैलिरहेको यस विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी उनीहरु सेवामा थप उत्साहित भई उच्च मनोबलकासाथ काम गर्ने हौसला प्रदान गर्नको लागि यो सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताउनुभयो ।

अब कर्मचारीहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या वा कुनै मनोवैज्ञानिक समस्या आएमा सिधै डा.सन्चो क्लिनिकसंग परामर्श गर्न सक्नेछन्। बैंकले यस अगाडि नै आफ्ना कर्मचारीहरुको लागि कोरोना बीमा समेत गरि सकेको छ ।


प्रतिक्रिया दिनुहोस्