ग्लोबल आइएमई बैंक पुनः फर्किए भेट्रान बैंकर बज्राचार्य, भदौ १ देखी कार्यभार सम्हाल्ने « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

ग्लोबल आइएमई बैंक पुनः फर्किए भेट्रान बैंकर बज्राचार्य, भदौ १ देखी कार्यभार सम्हाल्ने



काठमाडौं । भेट्रान बैंकर रत्नराज बज्राचार्य पुनः ग्लोवल आइएमई बैंकको सिईओमा नियुक्त भएका छन । उनलाई बैंक संचालक समितिको शुक्रबार बसेको बैठकले ४ वर्षका लागी सिईओमा नियुक्त गरेको हो ।

ग्लोवल आइमई बैंकका सिईओ परसुराम कुँवरले गत असार २५ गते राजिनामा दिएपछि रित्त रहेको सिईओमा भेट्रान बैंकर रत्नराज बज्राचार्य नियुक्त भएका हुन । बज्राचार्य १ वर्ष अघि सरनराइज बैंकको सिईओबाट कार्यकाल पुरा गरी बाहिरिएका थिए ।

बज्राचार्यले सोमबार भदौं १ गतेदेखि कार्यभार सम्हाल्नेछन । उनि यसअघि पनि बैंकको ४ वर्ष कार्यकाल पुरा गरी सनराइज बैंकको सिईओमा गएका थिए । बज्राचार्यको कार्यकालमा ग्लोवल आइएमई बैंकको थुप्रै संस्था मर्जर गराएका थिए । बज्राचार्यले तत्कालिन आइएमई फाइनान्स सोसियल डेभलपमेन्ट बैंक, लर्डबुद्ध फाइनान्स र गुल्मी विकास बैंक मर्ज गराएका थिए ।

बज्राचार्यकै टिमले ग्लोवल आइएमई बैंकले कमर्ज एण्ड ट्रष्ट बैंक कमर्सियल बैंक गाभेको थियो । चाटर्ड एकाउन्टेन बज्राचार्यको दोस्रो कार्यकाल कस्तो हुनेछ हेर्न बाँकी छ । हालसम्म ग्लोवल बैंकमा बज्राचार्य बाहेक अरु सिईओले पुरा कार्यकाल काम गर्न सकेका छैनन ।


प्रतिक्रिया दिनुहोस्