कृषि विकास बैंकले कमायो ३ अर्व ४६ करोड, अरु वित्तिय सुचक कस्तो ? « Arthapath.com
३२ श्रावण २०७७, आईतवार

कृषि विकास बैंकले कमायो ३ अर्व ४६ करोड, अरु वित्तिय सुचक कस्तो ?



काठमाडौं । अर्धसरकारी स्वामित्वको कृषि विकास बैंककले गत आवमा ३ अर्व ४६ करोड नाफा कमाएको छ । बैंककले आइतबार वित्तिय विवरण प्रकाशित गरेको हो । बैंककले अघिल्लो आवमा ४ अर्व १९ करोड नाफा गरेको थियो । यस वर्ष कोरोनाको कारण बैंकको नाफामा ७२ करोडले कमि आएको हो ।

बैंकको वितरण योग्य नाफा भने सो १ अर्ब ६६ करोड रहेको छ । अघिल्लो आवमा ७ अर्ब ६१ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले गत आवमा ६ अर्ब २३ करोड मात्र आम्दानी गरेको छ । कृषि क्षेत्रमा विषेस काम गर्दै आएको कृषि विकास बैंकमा कोरोनाको अषर देखिएको छ । तै पनि गत अघिल्लो आवमा ५ औं पोजिसनमा रहेको कृषि विकास बैंक गत आवमा भने तेस्रो नंबरमा पुग्न सफल भएको छ ।

१४ अर्ब ९८ करोड चुक्ता पूँजी रहेको कृषि विकास बैंकको जगेडा कोषमा ११ अर्ब ३६ करोड र सेयरधनी कोषमा २ अर्ब १० करोड रहेको छ । गत आवमा जगेड कोष र सेयरधनी कोष्मा केही बढाएको छ । अघिल्लो आवमा बैंकको जगेडा कोष्मा १० अर्ब ४८ करोड र सेयरधनी कोषमा ३ अर्ब ४२ करोड थियो ।

बैंकले निक्षेप १ खर्ब १८ अर्ब ८८ करोड संकलन गरी कर्जा लगानी १ खर्ब २३ अर्ब ५ करोड कर्जा लगानी गरेको थियो । कर्जा र निक्षेपमा बैंककले बृद्धि गरेको छ । कृषि विकास बैंकको खराव कर्जा अनुपातमा भने सुधार गरेको छ । बैंकको अघिल्लो आवमा ३.२९ प्रतिशत रहेको एनपिएल घटाएर गत आवमा २.७१ प्रतिशतमा ल्याउन सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्