वाणिज्य बैंकका प्रत्येक शाखाले विदेशी मुद्रा कारोबार गर्दा छुट्टै स्वीकृती लिनु नपर्ने « Arthapath.com
८ भाद्र २०७७, सोमबार

वाणिज्य बैंकका प्रत्येक शाखाले विदेशी मुद्रा कारोबार गर्दा छुट्टै स्वीकृती लिनु नपर्ने



काठमाडौं । अव वाणिज्य बैंकका सबै शाखाले सजिलै विदेशी मुद्रा कारोवार गर्न पाउने भएका छन । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मार्फत् वाणिज्य बैंकका प्रत्येक शाखाले विदेशी मुद्रा खरीद गर्नुपर्ने भएको छ ।

अव वाणिज्य बैंकका शाखाले विदेशी मुद्रा कारोवार गर्दा छुट्टै स्वीकृती लिनुपर्देन । पहिले वाणिज्य बैंकका शाखाहरुलेपनि विदेशी मुद्रा कारोवार गर्दा छुट्टै स्वीकृती लिनुपर्ने थियो ।

केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ लाई खारेज गर्दै नयाँ विनियमावली ल्याएको हो । बैंकहरुले विदेशी मुद्रा कारोबार गर्न शाखा अनुसार लाइसेन्स लिने व्यवस्था समेत खारेज गरी एउटै अनुमतिपत्रले नै काम गर्ने व्यवस्था गरेको छ ।

विदेशी विनिमय कारोबारका लागि इजाजतपत्र प्राप्त गर्न सम्बद्ध बैंकले एकमुष्ट रुपैयाँ ५ लाख रुपैयाँ बुझाउनुपर्छ । यसैगरी, राष्ट्रिय स्तरका विकास बैंकले १ लाख रुपैयाँ, प्रादेशिक स्तरका विकास बैंक र सबै स्तरका वित्त कम्पनीहरूले २० हजार रुपैयाँ केन्द्रीय बैंकलाई बुझाउनु पर्नेछ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूलाई विदेशी विनिमय खरीद–बिक्री तथा तोकिए बमोजिमको विदेशी विनिमय सम्बन्धी अन्य कार्य गर्ने गरी ५ वर्षका लागि अनुमतिपत्र दिनेछ । विदेशी विनिमय कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले पनि कारोबार गर्न चाहे इजाजतपत्र लिन निवेदन दिन सक्नेछन् । यसरी निवेदन दिँदा कारोबार गर्ने स्थान वा क्षेत्र किटान गरी केन्द्रीय बैंकमा निवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्