गभर्नर होम क्वारिण्टिनमा बसेको मौकामा कसले सल्कायो राष्ट्र बैंकमा सरुवाको आगो ? « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

गभर्नर होम क्वारिण्टिनमा बसेको मौकामा कसले सल्कायो राष्ट्र बैंकमा सरुवाको आगो ?



काठमाडौं । केही दिनअघि भएको तीनजना उपनिर्देशक र अन्य सहायकस्तरका कर्मचारीको सरुवाले लकडाउनमा पनि नेपाल राष्ट्र बैंकमा तनावपूर्ण वातावरण देखिएको छ । दरबन्दी नै नभएको विभागमा गत साउनमा दरबन्दीभन्दा धेरै कर्मचारी सरुवा गरेपछि अहिले त्यहाँबाट अन्य कर्मचारी झिक्दा लफडा भएको हो ।

लघुवित्त संस्था सुपरीवेक्षण विभागका उपनिर्देशकत्रय लुमाकान्त भट्टराई, दिपक अधिकारी र वशिष्ठ अधिकारीलाई लकडाउन र गभर्नर होम क्वारिण्टिनमा बसेको बखत गरिएकोले पनि आगोमा घिउ थपेको हो । पूर्व माओवादी निकट कर्मचारी संगठनसँग निकट भट्टराई र नेपाली काँग्रेस निकट वित्तीय संस्था कर्मचारी संघ दुईजना अधिकारीलाई सरुवा गरिएकोमा ती संगठनका पदाधिकारीहरूले चर्को बिरोध गरेका हुन् ।

उनीहरूका अनुसार साउनमा व्यवस्थापनको अकर्मण्यताको शिकार अहिले लुमाकान्त र वशिष्ठ बनेका हुन् । लुमाकान्तलाई बैंकिङ कार्यालय, दिपकलाई संस्थागत योजना र वशिष्ठलाई सामान्य सेवा विभाग पुर्याइएको छ । तर, भट्टराई र अधिकारी कार्यरत लघुवित्त संस्था सुपरीवेक्षण विभागमा एकाएक चन्द्रमणि निरौलालगायतका कर्मचारीलाई सरुवा गरेर ल्याउने र उनीहरूलाई हटाउने रणनीतिमा उक्त काम गरिएको रुष्ट कर्मचारीहरूले बताएका छन् । स्रोतका अनुसार ‘निरौलालाई बस्ने ठाउँ क्याबिन खाली गराउन भट्टराई र अधिकारीलाई हुत्याइयो ।’


प्रतिक्रिया दिनुहोस्