मंगलबारदेखी ३ दिनसम्म बैंकका सबै शाखा खुला गर्न निर्देशन « Arthapath.com
२२ भाद्र २०७७, सोमबार

मंगलबारदेखी ३ दिनसम्म बैंकका सबै शाखा खुला गर्न निर्देशन



काठमाडौं । मैगलबारदेखी बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका सबै कार्यालय खोल्न आग्रह गरिएको छ । राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्नका लागि ३ दिनसम्म सबै कार्यालय खोल्न आग्रह गरिएको हो । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्