सिटिजन्स बैंकद्वारा स्क्यान र फिर्ता सेवा सुरु « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

सिटिजन्स बैंकद्वारा स्क्यान र फिर्ता सेवा सुरु



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकहरुको वित्तीयआवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ स्क्यान र फिर्ता सेवाको सुरुवात गरेको छ ।

स्क्यान र फिर्ता मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने छन ।

बैंकको यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा नै यस सेवालाई देश भरीका अन्य शाखाहरुबाट समेत प्रवाहगर्ने उद्देश्यकासाथ कार्यारम्भ भइसकेको कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत गणेश राज पोखरेलले बताए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ११० वटा शाखा, ९८ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्