बैंक अफ काठमाण्डूको ग्रिन पिन सेवा शुरु, यस्तो छ प्रयोग गर्ने तरिका « Arthapath.com
१६ आश्विन २०७७, शुक्रबार

बैंक अफ काठमाण्डूको ग्रिन पिन सेवा शुरु, यस्तो छ प्रयोग गर्ने तरिका



काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो कार्ड बाहक ग्राहकहरुलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको छ ।

यस सुबिधाबाट बैंकको नयाँ ग्राहकहरुले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकहरुले आफ्नो कार्डको पिन रिसेट गर्न सक्ने बैंकले जनाएको छ ।

कसरि प्रयोग गर्ने

नयाँ कार्डबाहक ग्राहकहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर “Enter Your OTP” मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्ने छन् । यस पश्चात कार्ड बाहक ग्रहाकहरुले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक OTP प्राप्त गर्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको OTP प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सक्ने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्