बैंक अफ काठमाण्डूले शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने « Arthapath.com
१९ आश्विन २०७७, सोमबार

बैंक अफ काठमाण्डूले शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने



काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई लाभांश वितरण गरीने बैंकले जानकारी दिएको हो ।


प्रतिक्रिया दिनुहोस्