सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार ५ सय कित्ता बिक्रीमा « Arthapath.com
२९ आश्विन २०७७, बिहीबार

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार ५ सय कित्ता बिक्रीमा



काठमाडौं । सांग्रिला डेभलफेन्ट बैंकले १५ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो २ जना संस्थापक शेयरधनीको नाममा रहेको १५ हजार ५ सय ९९ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

उक्त संस्थापक शेयर खरिद फर्न चाहने बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकोले इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कति कित्ता शेयर खरिद गर्ने हो सो खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा निवेदन पेश गर्नुपर्ने छ । तोकिएको समयभित्र कुनैपनि निवेदन पेश हुन नआएमा प्रचललित नियम अनुसार अन्य व्यक्तिलाइ विक्रि गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्