मुक्तिनाथ विकास बैंकको नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंकबीच सम्झौता « Arthapath.com
२६ कार्तिक २०७७, बुधबार

मुक्तिनाथ विकास बैंकको नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंकबीच सम्झौता



काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल राष्ट्र बैंक र के.एफ. डब्लु डेभलपमेन्ट बैंक सँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ । जर्मन सरकार समर्थित परियोजना “ गा्रमीण तथा अर्ध–सहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास–एम.एस.एम.इ वित्त चरण २ (Sustainable Economic Development in Rural and Semi-Urban Areas – MSME Finance Phase II (SEDRA II), नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन वित्तिय विकास निगम द्धारा सञ्चालनमा रहेको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

लघु, साना तथा मझौला उद्ममको विकासले देशको आर्थिक विकास तथा रोजगारी सृजनामा अहम भुमिका रहने विषयलाई दृष्टिगत गरी सो कार्यलाई सार्थकता प्रदान गर्न मुक्तिनाथ विकास बैंकले मुख्यतः सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश अन्र्तगत गा्रमीण तथा अर्ध–सहरी क्षेत्रमा रहेका लघु, साना तथा मझौला उद्मोगलाई कर्जा प्रदान गर्ने जनाएको छ ।

परियोजनाले विशेष गरी कोभिड–१९ को कारणले अति प्रभावित क्षेत्रमा वित्त तथा तरलता सुविधा (कर्जा सुविधा रु. २ लाख देखी रु. ४० लाख सम्म) प्रदान गर्नेछ । उद्यमशीलताको विकास तथा संकटको समयमा वित्तिय पहुँच प्रदान गरी लघु, साना तथा मझौला उद्मोगको माध्यमबाट दिगो तथा समतामुलक आर्थिक विकास गर्ने लक्ष्य यस परियोजनाले लिएको छ ।

विकास बैंकहरु मध्ये अग्र पंक्तीमा रहेको मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३८ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्