नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १२.३९ प्रतिशतले नाफा घट्यो « Arthapath.com
२७ कार्तिक २०७७, बिहीबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १२.३९ प्रतिशतले नाफा घट्यो



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड १ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा भन्दा १२.३९ प्रतिशतले नाफा घटेको हो । गत वर्ष बैंकले २० करोड ५६ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको यस अवधिमा खुद ब्याज आम्दानी ९.२४५ ले घटेर २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ, सञ्चालन नाफा ११.८९५ ले घटेर २५ करोड ७६ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

जगेडा कोषमो ८२.४४ प्रतिशले वृद्धि भएको छ । गत वर्ष ९९ करोड ४६ लाख ७१ हजार रुपैयाँ रहेको रिजर्भ कोष बढेर १ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको चुक्ता पुँजी हाल १२ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्